ब्रेकिंग न्युज

एक महिनाको पारिश्रमिक बाढी पिडितका निम्ति: मन्त्री अधिकारी

एकद्धार प्रणाली मार्फत राहत वितरण



कपिलवस्तु,आश्विन १९ ।
नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारका मन्त्रीहरुले आफुले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक बाडी पिडितका निम्ति प्रदान गर्ने बताउनु भएको छ । मन्त्री अधिकारीले बाडी पिडितका निम्ति प्राप्त हुने राहत एकद्धार प्रणाली मार्फत प्रदान गरिने स्पष्ट पार्नु भयो ।


मन्त्री अधिकारीले बाडी पिडिका समस्यालाई ध्यान दिदै पिडितका समस्याको आधारमा सरकारले वर्गिकरण गरेर सोही आधारमा राहत, पुर्न निर्माणका कार्यक्रम लागु गर्ने स्पष्ट पार्नु भयो ।


मन्त्री अधिकारीले बागमती प्रदेश र नेपालको पूर्वी पहाडका निर्माण सम्पन्न भएका नयाँ सडक र अन्य पूर्वाधारमा ठूलो क्षती पुगेको बताउदै विपतको बेला सबै पक्षको सहयोग, समन्वय र सहकार्यबाट क्षतीलाई न्यूनिकरण गर्ने विषयमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको चर्चा गर्नु भयो ।


मन्त्री अधिकारीले नेपालको विकासमा भौगोलिक बनावटका कारण पनि समय समयमा ठूला ठूला समस्या आउने गरेको तर्फ लक्षित गर्दै सरकार सबैखाले समस्याको समाधानमा लागि परेको बताउनु भयो । नेकपा (एमाले) का केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री अधिकारीले गृह जिल्ला कपिलवस्तुको नेकपा (एमाले) बाणगंगा नगर कमिटीद्धारा आयोजित नगर पार्टी कार्यालयको उद्घाटन, विजया दशमीको शुभकामना आद्रान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।
नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य जंजिर प्रसाद थारु, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्मा, धनु कुमारी अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रम नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष भिम बहादुर थापाको स्वागत मन्तब्य र नगर सचिव चेतनारायण भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले केन्द्रिय सल्लाहकार , प्रदेश कमिटी सदस्य, एवम् जिल्ला स्तरका नेताको आतिथ्यता तथा , नगर, वडा स्तरका नेता, कार्यकर्ताको उत्साहजनक उपस्थिती रहेको नेकपा (एमाले) बाणगगाले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६