प्रदेश

नुवाकोटबाट बुटवल जाँदै गरेको मोटरसाइकल दुर्घटना, २ जना युवाको मृत्यु



बुटवल, २२ असोज । नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाईन्ट स्थित नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र पछाडि सवार दाङकोे राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर धर्मराज खत्रीले ग्लोबल आवाजलाई जानकारी दिए ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६