अन्तर्राष्ट्रिय

जब पाइलट छोराको शव टीकाको अघिल्लो दिन आयो !



तनहुँ २६ असोज । तनहुँको व्यास नगरपालिका २ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि गएका पन्थले १० महिने कोर्ष पूरा गरिसके । ८ महिनापछि उनी पाइलट बन्दै थिए ।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैँ पनि विगतको भन्दा उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार । तर, त्यो सपनामै सीमित भयो । विराट घटनास्थापनको भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए ।

यता नेपालमा रहेको पन्थ परिवार दशैँका लागि जमराको चाँजोपाँजो मिलाउँदै थियो । त्यहीबेला खबर आयो, छोरा विराटको आफैँले चलाएको कार दुर्घटनामा परी निधन भयो । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको बताइएको छ ।कानूनी प्रक्रिया पूरागरी पन्थको शव शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरियो । दशैँको बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ ।बुवा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् ।आफन्त ईश्वरराज पन्थले भने, ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला !अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।’छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको सुनाए ।आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्’, श्रेष्ठले भने ।

रासस

प्रकाशित : २६ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६