प्रदेश

बाघको आक्रमणबाट एक जनाको मृत्यु



नवलपुर, २ कात्तिक । पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भनामा घाँस काट्न गएका विनय त्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडीका ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको हो ।

तीन्चुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए । छिमेकीसँग घाँस काट्न जाँदा बाघले आक्रमण गरेको सूचना पाएपछि खोजीका क्रममा थिङ्लाई मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक साहले जानकारी दिए ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६