प्रदेश

जसपा नेपाल लुम्बिनी प्रदेशमा विवादः अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्ष चयन



काठमाडौँ, ०३ कार्तिक । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादव हुँदाहुँदै पार्टीले रामअवतार यादवलाई कार्यवाहक अध्यक्ष बनाएको छ । अशोक यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छैनन् । पार्टीले पनि कुनै कारबाही गरेको छैन तर उनको ठाउँमा अर्को कार्यवाहक अध्यक्ष बनाएको छ ।

जेठमा सम्पन्न महाधिवेशनलाई लिएर अशोक यादवले पार्टीमा असन्तुष्टि जनाउँदै आएका थिए । उनले महाधिवशेनको विरुद्धमा निर्वाचन आयोगमा मुद्दा दायर गरेका छन् । उनले पार्टी भने छाडेका थिएनन्, न पार्टीले कारबाही नै गरेको थियो ।

तर अर्को कार्यवाहक अध्यक्ष बनाएपछि उनले असन्तुष्टि जनाएका छन् । उनले भने, ‘म पार्टीमा छँदैछु, म कतै गएको छैन, पार्टी पनि छाडेको छैन, पार्टीले कारबाही पनि गरेको छैन तर मेरो ठाउँमा अर्कोलाई कार्यवाहक अध्यक्ष बनाएको छ त्यो कसरी भयो मैले बुझ्न सकेको छैन ।’

महाधिवेशनलाई लिएर आफूलाई चित्त दुखेको उनले बताए । आफूले त्यसको कानुनी उपचार खोजी रहेको तर पार्टीले अचानक अर्कोलाई लुम्बिनी प्रदेश समितिको कार्यवाहक अध्यक्ष बनाएकोमा आफूलाई आश्चर्य लागेको उनले बताए ।

पार्टीको विधान र नीति विपरित कार्यवाहक अध्यक्ष बनाएको बताउँदै उनले यसका लागि आफूले न्याय खोज्ने बताए ।

यता, जसपा नेपालका प्रवक्ता मनिष सुमनले अशोक यादवले पार्टी अनुशासन विपरीत कार्य गरेको हुनाले अरूलाई कार्यवाहक अध्यक्ष दिएको बताए । कार्यवाहक अध्यक्ष बनाउने कार्य केन्द्रले नभई लुम्बिनी प्रदेश समितिले गरेको बताउँदै अशोक यादवले पार्टीको अनुशासन विपरीत कार्य गरेको हुनाले त्यही कार्यसमितिको बैठक बसेर कार्यवाहक तोकिएको उनको भनाई छ ।

प्रकाशित : ३ कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६