प्रदेश

भगीरथी गौशालामा घाँसे क्षेत्रको सरसफाइ, उपभोक्ताको सक्रिय सहभागिता



मधुवन, ०३ कार्तिक । बाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको भगीरथी गौशालाको घाँसे क्षेत्रमा सरसफाइ अभियान चलाइएको छ। शनिबार सम्पन्न सरसफाइ कार्यक्रममा वडा बासिन्दा र आम उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। गौशालाका अध्यक्ष चक्रबहादुर भण्डारीका अनुसार, वनमारा (आकस्मिक वनस्पति) ले घाँसे क्षेत्र पूर्ण रूपमा ढाकेको कारण त्यसको सरसफाइ गर्न र गोडमेल गर्न आवश्यकता देखिएको थियो।

यस सरसफाइ अभियानले गौशालाको व्यवस्थापनमा सहजता ल्याउने र पशुहरूको लागि हरियो चारा उपलब्ध गराउने उद्देश्य राखेको छ। उपभोक्ताहरूले भविष्यमा पनि यस्ता अभियानमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित : ३ कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६