प्रदेश

छविलाल जोशीलाई बयानका लागि रुपन्देही ल्याइयो



कपिलवस्तु, ०५ कार्तिक । पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही ल्याइएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार बिहान रुपन्देही ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई सोमबार जहाजमार्फत रुपन्देही ल्याइएको हो । त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६