प्रदेश

शिवराजमा सवारी दुर्घटना: २७ वर्षीय युवकको घटनास्थलमै मृत्यु



चन्द्रौटा, ०७ कार्तिक – कपिलवस्तुको शिवराज नगरपालिका–१, भाइरलडाँडा स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

अर्घाखाँचीबाट दिल्ली जाँदै गरेको लु २ ख २१४२ नम्बरको बस र विपरीत दिशाबाट आएको रा ७ प ३४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दाङको राप्ती गाउँपालिका–४ मौरिघाटका २७ वर्षीय मोटरसाइकल चालक लिलाराम कुँवरको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार २९ वर्षीय खुसीराम चौधरीको टाउकोमा चोट लागेको छ र उनलाई थप उपचारका लागि संजीवनी सामुदायिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनामा संलग्न बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा रहेको वडाप्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभएको छ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६