प्रदेश

मधुवन सामुदायिक वनले फलफूलका विरुवा वितरण गर्ने



हरि घिमिरे, कार्तिक ०८ । बाणगंगा नगरपालिका वडा नं. ८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले आफ्नो उपभोक्ताहरूलाई फलफूलका विभिन्न बिरुवाहरू निशुल्क वितरण गर्ने भएको छ। यस कार्यक्रमको उद्देश्य वनस्पति संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्दै उपभोक्ताहरूलाई हरियाली र स्वस्थ पर्यावरणको महत्त्वबारे प्रोत्साहन गर्नु हो।

समूहले वितरणका लागि अम्रपाली दशहरी आँप, सुन कागती, शाही लिची, बेलौती, र रुख कटहर जस्ता बहुउपयोगी बिरुवाहरू छनौट गरेको छ। वनका अध्यक्ष शान्त विक्रम पौडेलका अनुसार, “सामुदायिक वनले उपभोक्ताहरूको स्वास्थ्य, वातावरण संरक्षण र वनस्पति संरक्षणलाई जोड दिने उद्देश्यले बिरुवाको वितरण कार्यक्रम आयोजना गरेको हो।”

कार्यक्रममा सहभागी हुन इच्छुक उपभोक्ताहरूलाई आफ्नो उपभोक्ता परिचय पत्रसहित भोलि शनिवार बिहान १० बजे वनको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ। यस कार्यक्रमले बाणगंगा क्षेत्रको हरियाली अभिवृद्धि गर्दै सामुदायिक वनको संरक्षणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वनले यस कार्यक्रमलाई वार्षिकरुपमा निरन्तरता दिने योजना पनि बनाएको छ। समूहका सदस्यहरूले सामुदायिक वन संरक्षण र वातावरणीय सन्तुलनको लागि यस कार्यक्रमको ठूलो योगदान हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६