प्रदेश

हिलवर्टमा विद्यार्थीको विज्ञान प्रदर्शनी



कपिलवस्तु, ०९ कार्तिक ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २, पिपरास्थित हिलवर्ट ईङलिश बोर्डिङ स्कुलले शनिबार नतिजा प्रकाशनसँगै विज्ञान प्रदर्शनीको आयोजन गरेको थियो। यस अवसरमा विद्यार्थी र अभिभावकहरूको भीड विद्यालय परिसरमा देखिन्थ्यो। प्रदर्शनीमा विभिन्न विज्ञानसम्बन्धी सामग्रीहरू सजाइएको थियो, र विशेषगरी प्राङ्गणको उत्तरतर्फको भीडले तोप प्रदर्शनको आकर्षण थपेको थियो।

कक्षा १० का विद्यार्थी नवीन बुढाथोकी, सिद्धान्त बुढाथोकी लगायतले विज्ञान शिक्षक सन्तोष खनालको सहयोगमा सानो पाइप र ग्यासको प्रयोग गरेर तोपको नमुना बनाएर प्रदर्शन गरेका थिए। तोपबाट आगोको लप्का र ठुलो आवाज निस्किँदा विद्यार्थीहरू रोमाञ्चित भए भने कतिपय डरले भागे। अभिभावकहरू पनि आफ्ना बालबालिकाको सिर्जनात्मकता देखेर उत्साहित भए।

विद्यालयका प्रिन्सिपल शिव पोख्रेलका अनुसार कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले ११५ प्रकारका नयाँ प्रोजेक्टवर्कहरू प्रदर्शन गरेका थिए, जसमा रोबोट, अन्तरिक्ष चक्र, रक्तसञ्चार प्रणाली, र इकोसिस्टमजस्ता विविध विज्ञान परियोजनाहरू समावेश थिए। विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलले दशैँ-तिहारको छुट्टिमा परीक्षा सम्पन्न गरी छोटो समयमा प्रदर्शनी आयोजना गरिएको बताए। विद्यालयका अध्यक्ष दीपक खनालले विद्यालयलाई क्षेत्रकै उत्कृष्ट बनाउने योजना रहेको र प्रदर्शनीले विद्यार्थीको अद्भुत क्षमता उजागर गरेको उल्लेख गरे। अभिभावकहरूले आफ्ना बालबालिकाको प्रगति र सिर्जनात्मकता देखेर विद्यालयलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६