काठमाडौँ, १० कार्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्न लागेको भन्दै कुनै हालतमा त्यस्तो सम्झौता गर्न नदिने बताए । शनिबार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै श्रेष्ठले सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्दैछ भन्ने सुनिएकोले त्यो कुनै हालतमा गर्न नदिने बताएका हुन् ।
यसअघि सन २०१९ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अमेरिकासँग एसपीपी सम्झौता गरेको भन्ने कुरा आएको बताउँदै त्यो सम्झौता भएको हो कि हैन भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे । त्यस्तो सम्झौता देशका लागि घातक भएकोले कुनै हालतमा असफल बनाएर छोड्ने बताए ।
प्रतिक्रिया