कृषि

आज दोस्रो दिन पनि रुपन्देहीमा रविको बयान जारी



कपिलवस्तु २८ कार्तिक । सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि पोखराबाट मंगलबार भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो दिन आज पनि बयान लिन सुरु गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपेन्देहीमा अहिले उनीसँग बयान लिने क्रम जारी रहेको कार्यालय प्रमुख, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही पुर्‍याइएको थियो। हिजो सुरु गरिएको लामिछानेको बयानलाई आज पनि निरन्तरता दिइएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताए।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याइएको थियो। त्यही दिनदेखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि पक्राउ पुर्जी जारी भएपछि त्यता लगिएको हो।सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई यसअघि नै बुटवल लगेर बयान लिई पुनःपोखरा फर्काइसकिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा रवि र छविसहित २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर छ।उनीहरूले १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको अभियोग छ।अभियोगपत्रमा रविलाई प्रतिवादी नबनाइए पनि उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको किटान गरिएको छ।

प्रकाशित : २८ कार्तिक २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६