ब्रेकिंग न्युज

पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा चौतारी र युनियन पुरै प्यानल विजयी




भालुवाङ २९ मंसिर । नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । प्रेस युनियन र प्रेस चौतारीको प्यानलबाट उनको टिम विजयी भएको हो ।चौलागाईंले ५९९ मत प्राप्त भने उनका प्रतिस्पर्धी रुद्र सुवेदी २९१ मत ल्याएका छन् । उपाध्यक्षमा रामप्रसाद आचार्य समेत निर्वाचित भएका छन् । उनले ६५६ मत ल्याउँदा उनका प्रतिस्पर्धीले आशिष कुमार गुप्ताले १५० मत प्राप्त गरेका छन् । अर्को उपाध्यक्ष जुमानसिंह के।सी। १५५ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्ष मिना ढकाल निर्वाचित भएकी छन्। उनले ६२१ मत प्राप्त गरेकी छन्। उनले मेनका चौधरी चौधरीलाई पराजित गरिन् । चौधरीले ३१२ मत प्राप्त गरेकी छन् । महासचिवमा पाण्डप प्रसाद शर्मा निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याएर निर्वाचित भएका छन् । महासचिव डा। डक्टप्रसाद धितालले ३३० मत ल्याए। राजु खरालले ११ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा गोविन्दप्रसाद शर्मा निर्विरोध भएका छन्। सचिव ९समावेशी०मा सरला सुवेदी निर्वाचित भएकी छन् । सुवेदी ६०२ प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धा गरेका चिन्ता बहादुर दर्जीले ३३२ मत ल्याएकी छन् । कोषाध्यक्षमा नारायण आचार्य निर्वाचित भएका छन् । आचार्यले ६४३ प्राप्त गर्दा दीपेश पराई विष्टले २७१ प्राप्त गरे। यस्तै कार्यसमिति सदस्यहरू तेजेन्द्र के।सी।ले ७३१ प्राप्त गर्दै विजय भएका छन् ।

अन्य सदस्यमा निर्मल आचार्यले ६२२ मत, प्यार अली खानले ४९५ मत, बसन्त बन्जाडे ५१७ मत, हिम बहादुर घर्ती खत्री क्षेत्रीले ४३५ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिएका छन्। त्यस्तै महिला सदस्यहरुमा सविता चौधरी ५९२, सरिता चौधरी थारु ५९७, सीता पाण्डे ५२४ मत ल्याएर निर्वाचित भएका छन् । दलित सदस्यमा ५९३ मत सहित दलबहादुर सुनार निर्वाचित भएका छन् । आदीबासी जनजाती सदस्य तर्फ दिलबहादुर गाहा ५८८, लिलाराज बुढामगर ५४५ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै मधेसी सदस्यमा ६१४, ओमप्रकाश गुप्ता र ५६३ मत ल्याएर देवबहादुर यादव निर्वाचित भएका छन् । भने अल्पसख्यक सदस्यमा रविन्द्र यादवले ६०१ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन्।

प्रकाशित : २९ मंसिर २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६