ब्रेकिंग न्युज

सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन



काठमाडौँ, २८ साउन

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको सो बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गर्नुभयो । बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ । बिक्री कक्ष उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालले राससलाई जानकारी दिनुभयो । कम्पनीका विभागीय प्रबन्धक अर्यालले भन्नुभयो“यो केबल एउटा बिक्री कक्षको उद्घाटन मात्र होइन, नेपाली उत्पादनलाई प्राथमिकता दिने, स्वदेशी किसान र उद्योगलाई बजारसँग जोड्ने तथा उपभोक्तालाई गुणस्तरीय वस्तु सहजरुपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको व्यवहारिक सुरुआत हो ।” उक्त कक्षमा १४२ प्रकारका खाद्य तथा गैरखाद्य वस्तु बिक्रीका लागि राखिएको छ । कम्पनीले आजदेखि ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा रु पाँच छुट पाउनेछन् । –––

प्रकाशित : २८ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६