बिजनेस

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’



नारायणगढ (चितवन), २८ साउन

चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसंग जोड्नुपर्नेमा जोड दिएका छन् । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनद्वारा आयोजित कार्यक्रममा ‘मेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ ?’ विषयमा युवाबीच वक्तृत्वकला, ‘कृषि उद्यमशीलता र युवा समृद्ध नेपालको आधार’ विषयमा विचार–विमर्श तथा सांसदसँग युवा संवाद कार्यक्रका सहभागिको सो उद्यमशीलता विनाको राजनीतिले समृद्धि नआउने सुझाव थियो । वक्तृत्वकलामा सहभागिता १० युवाले अब भाषणमा सीमित राजनीति नभई परिणाममुखी, प्रविधिमैत्री र उद्यमशील राजनीतिक संस्कार खोजेको धारणा व्यक्त गर्नुभयो । राजनीति जनताको सेवा गर्ने माध्यम बन्नुपर्ने जनाउँदै उहाँहरुले राजनीतिमा युवा सहभागिता मात्रै नभई नीति निर्माण र कार्यान्वयनमा समेत युवाको अर्थपूर्ण भूमिका सुनिश्चित गर्नुपर्ने बताउनुभयो । प्रविधिमैत्री सेवा, चुस्त प्रशासन, पारदर्शिता र जवाफदेहितालाई अहिलेको आवश्यकता भएको भन्दै राजनीति फोहोरी खेल नभई जनताको माया र विश्वास प्राप्त गर्ने माध्यम बन्नुपर्ने उहाँहरुको भनाइ थियो । ‘जेनजी’ पुस्ताले चाहेको परिवर्तन पनि प्रविधि, उद्यमशीलता र अवसरसँग जोडिएको उहाँहरुले बताउनुभयो । राजनीतिमा सहभागिता मात्रै खोजेर नपुग्ने भन्दै नीति तथा नियम निर्माणमा समेत आफ्नो भूमिका स्थापित गर्नुपर्ने, राजनीतिमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने, प्रविधिको पहुँच सबै नागरिकसम्म पु¥याउनुपर्ने, आगामी पुस्तालाई सहयोग पुग्ने नीति बनाउनुपर्ने तथा सरकारलाई पूर्णरुपमा डिजिटल र पारदर्शी बनाउनुपर्ने, शिक्षा जीवनका समस्या समाधान गर्न सक्ने खालको हुनुपर्ने, अनुसन्धानमा लगानी बढाउनुपर्ने तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने युवाहरुको माग थियो । रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘रेमिट्यान्स’मा मात्रै निर्भर नभई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सहभागी युवाहरुले धारणा राख्नुएको थियो । दश जना युवा सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा अमृत ढकाल प्रथम, निरिता पौडेल द्धितीय र आयुस्मा श्रेष्ठ तृतीय हुनुभएको थियो । पत्रकार विवेक पोखरेलले कृषिविज्ञ डा भानेश्वर पोखरेल, भवानी डेरीका सञ्चालक सुवास पौडेल तथा चितवनमा सयपत्रीलगायत फूलको बगैँचाबाट सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएकी सुजाता देवकोटासँग कृषि उद्यमशीलताका विषयमा विचार–विमर्श गर्नुभएको थियो । उहाँहरुले कृषिलाई सम्मानित व्यवसायका रुपमा विकास गर्न, आधुनिक प्रविधि, अनुसन्धान र बजार व्यवस्थापनमा लगानी बढाउन तथा युवा र शिक्षित जनशक्तिलाई कृषि उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले युवाले काम गर्दै जाँदा भएका त्रुटि सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले गल्ती गर्न हुँदैन भन्नेभन्दा पनि गल्तीबाट सिकेर आफ्नो लगनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काम गर्नेहरुलाई सिर्जनात्मक खबरदारी आवश्यक रहेको जनाउँदै उहाँले खबरदारी, कार्यसम्पादन र भाषण फरक विषय भएको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्वले भाषणभन्दा काम र नतिजामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । सांसद प्रभा ढकालले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक छ भन्नुभयो । सांसदहरु नीति तथा नियम निर्माणका काममा केन्द्रित हुने गरेको र आवश्यकताअनुसार सम्बन्धित विषयमा भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो । रास्वपा चितवनका जिल्ला सभापति इन्जिनियर मिनिमाधव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य सविना विक, आकाक्षा पोखरेल र पवित्रा थापा, जिल्ला सचिव तेजेन्द्रप्रसाद पौडेल, उपसभापति निर्मला गिरी, जिल्ला सहसचिव कुशल पाठक, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य, क्षेत्रीय सभापति, जिल्ला कार्यसमिति तथा पालिका र वडा प्रतिनिधिलगायतको सहभागिता थियो । –––

Powered By  Orson Infotech

प्रकाशित : २८ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६