देश

किशोर श्रेष्ठको रिहाइको माग गर्दै प्रहरी परिसरमा महासंघको धर्ना



काठमाडौँ, साउन २८

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ। समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोध गर्दै महासंघले धर्ना दिएको हो।
जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति करिब ९ बजे काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुर स्थित उहाँको निवासबाट पक्राउ गरेको थियो।

पत्रकार श्रेष्ठको पक्राउ प्रति आपत्ति जनाउँदै महासंघले पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा गम्भीर प्रश्न उठाउने जनाएको छ। महासंघले घटनाको निष्पक्ष छानबिन गर्दै पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ।

धर्नामा सहभागी पत्रकारहरूले समाचार लेखेकै विषयमा पत्रकारलाई पक्राउ गर्ने प्रवृत्ति अन्त्य गर्न, प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति व्यवहारमा सुनिश्चित गर्न तथा पत्रकारलाई निर्बाध रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने वातावरण बनाउन माग गरेका थिए।

महासंघले पत्रकारिता र समाचारसँग सम्बन्धित विवादलाई कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिँदै पत्रकारमाथि हुने कुनै पनि प्रकारका धरपकड तथा दबाब प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्न सक्ने जनाएको छ । तस्विर रातो पाटी

प्रकाशित : २८ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६