कपिलवस्तु । अनेरास्ववियु सिद्धार्थ क्याम्पसको १५ औं क्याम्पस सम्मेलन सम्पन्न गरिएको छ । उक्त सम्मेलन बाट शिशिर आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्य समिती चयन गरेको छ ।जसको उपाध्यक्षमा सुदन पौडेल ,महिला उपाध्यक्षमा विपना खनाल, सचिवमा नबिन आचार्य ,सहसचिवमा सपना गौतम,विवेक खनाल र बर्षा सुनार र कोषाध्यक्षमा विशाल पाण्डे र अन्य सदस्य पदमा चयन हुनुभएको छ ।
मधुसुधन भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सदस्य एवं विद्यार्थी फाँट इन्चार्ज दयाराम पौडेलले विद्यार्थीहरुको हकहित र अधिकार सगैं समग्र देशलाई समृद्धतिर लैजाने पर्ने बताए । उनले यो सम्मेलनले संगठनलाई नयाँ ऊर्जा र गतिशीलता प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।
त्यसैगरी अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष निशान खड्काले स्थानीय र राष्ट्रिय राजनीतिमा युवाहरूको भूमिका, नेतृत्वदायी क्षमताको विकास, र संगठनको सुदृढीकरणमा जोड दिदै उनले स्थानीय स्तरमा रहेका समस्याहरूको सम्बोधन गर्दै युवाहरूलाई संगठित हुने, सशक्त हुने र नेतृत्वमा आउने प्रेरणा पनि दिए।
उक्त सम्मेलन बाट गुल्मी स्थायी ठेगाना भएका तुल बहादुर वि.क. एउटा खुट्टा गुमाएका र उपचारका लागी सहयोग स्वरुप रु. सात हजार समेत हस्तान्तरण गरिएको थियो ।
नेकपा एमाले जिल्ला सदस्य एवं विद्यार्थी फाँट इन्चार्ज दयाराम पौडेलको प्रमुख आतिथ्यता त्यसैगरी लुम्बिनी प्रदेश सदस्य एवं अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुका निवर्तमान अध्यक्ष विष्णु घिमिरको विशिष्ट आतिथ्यता र अतिथीहरुमा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष निशान खड्का,जिल्ला सचिव पारस मरासिनी,सह सचिव पशुपति गिरी,आश्विन के.शी.,संगठन विभाग प्रमुख शेषकान्त मरासिनी,जिल्ला सदस्य अर्चना आर्चाय,अनेरास्ववियु बाणगंगा नगर कमिटी अध्यक्ष प्रभाकर क्षेत्री,प्रदिप पौडेल लगायतको अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया