कृषि

युनाईटेड बहुउद्देश्यीय सहकारीको साधारणसभा : वित्तिय सेवा, स्वास्थ्य र प्राविधिक शिक्षालय मुख्य प्राथमिकता



पौष २८, कपिलवस्तु युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वित्तिय सेवा, स्वास्थ्य/अस्पताल र प्राविधिक शिक्षालय/कलेज संचालनलाई मुख्य प्राथमिकतामा राख्दै तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको जनाएको छ । सहकारीको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत तीन विषयलाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष मुनाराम चालिसेद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


संस्थाले विशेष गरी स्वास्थ्य सेवा तर्फ हाल रहेको ५० वेडको अस्पतालको स्तरोन्नती गरी १०० वेडको अस्पतालका निम्ति आवश्यक प्रक्रिया अगाडी बढाउने र अस्पतालका निम्ति आवश्यक पूर्वाधारका कार्य सम्पन्न गरी आइसियु, भेन्टिलेटर र मेजर अपरेसन सहितको सेवा प्रवाहमा जोड दिने उल्लेख गरिएको छ ।संस्थाको आगामी कार्यक्रम अन्र्तगत प्राविधिक कलेज संचालनका निम्ति आर्थिक तथा पूर्वाधार निर्माणका निम्ति सरकारी तथा गैर सरकारी संघ संस्थासंग समन्वयमा जोड दिने जनाएको छ । त्यस्तै संस्थाले वित्तिय सेवा तर्फ ८ करोड ७० लाख ९६ हजार शेयर पुजीबाट ५ करोड शेयर विस्तार गरी १३ करोड बढी पु¥याउने उल्लेख गरिएको छ । त्यस्तै निक्षेप तर्फ ३ करोड ११ लाख ७९ हजार १ सय ३८ रुपैयाबाट वृत्ति गरी ४ करोड ५० लाख पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै कर्जा लगानी तर्फ ४ करोड ५८ लाख ७ सय ८५ रुपैया ४९ पैसाबाट वृत्ति गरी ८ करोड पु¥याउने लक्ष्य राखिएको प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छ ।


साधारण सभामा संस्थाका अध्यक्ष मुनाराम चालिसेले संस्थाको आ.व. २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट, संस्थाका सचिवद्धारा प्रस्तुत वार्षिक कार्य प्रगती प्रतिवेदन, लेखा संयोजक यादव शर्माद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष भिमकान्त भट्टराईद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । साधारण सभाले विनियम संसोधन, कार्यविधी संसोधन, निर्माण, लाभांस वितरण, दीर्घकालिन सम्पत्ति खरिद विक्रि, एवम् दीर्घकालिन ऋण लिने, जग्गा भवन खरिद, विक्रि, हस्पिटलको नाम परिवर्तन, संस्था एकिकरण, आ.व. २०८१/०८२ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणिकरणका लागि प्रतिनिधी चयन प्रस्ताव सर्वसम्मतले पारित गरेको संस्थाले जनाएको छ।साधारण सभा संस्थाका अध्ययक्ष मुनाराम चालिसेको अध्यक्षता, उपाध्यक्ष माधव तिमिल्सिनाको स्वागत मन्तब्यमा सम्पन्न भएको संस्थाका ब्यवस्थापक सुन्दर आचार्यले बताउनु भयो ।

प्रकाशित : २८ पुस २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६