अन्तर्वार्ता

अध्यादेश अध्ययन गर्न जसपा नेपालले बनायो कार्यदल




कपिलवस्तु २२ माघ।राष्ट्रिय सभामा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपाल ९जसपा० ले सरकारले ल्याएका ६ वटा अध्यादेश अध्ययन गर्न कार्यदल बनाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सांसद राजकिशोर यादवको संयोजकत्वमा संसदीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा यादवसहित मृगेन्द्रकुमार सिंह यादव, रेखा यादव र दिपक कार्की छन् । कार्यदलले विज्ञहरूसँग परामर्श गरेर अध्यादेशको पक्षमा उभिने वा अस्वीकृत गर्ने भन्ने निष्कर्ष दिने प्रवक्ता मनिष सुमनले बताए ।

सुमनले सत्तारूढ दलका नेताले अध्यादेश स्वीकृत गराउनका लागि अनुरोध गरेको पनि बताए । ‘सरकारलाई समर्थन दिएका छौं । सत्ता पक्ष शीर्ष नेताबाट लबिङ हुनु स्वभाविक हो । नेताहरूले सहयोग गर्नुपर्यो भन्नुभएको छ । हामी अध्ययनपछि मात्रै निष्कर्षमा पुग्छौँ’ उनले भने ।

संविधानअनुसार सरकारले ल्याएको अध्यादेश दुबै सभाबाट स्वीकृत हुनुपर्छ । प्रतिनिधिसभामा बहुमत भए पनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतको लागि ३० सांसद आवश्यक पर्छ । सत्ता पक्षसँग २८ मात्रै छन् । जसपाका ३ र वामदेव खुलेका छैनन् । अन्य सबै दल अध्यादेशको विपक्षमा छन् ।

प्रकाशित : २२ माघ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६