अर्थ-वाणिज्य

लुम्बिनी प्रादेशिक अस्पताल : स्वास्थ्य बीमाका सेवाग्राहीका लागि डेडिकेटेड फार्मेसी शुभारम्भ




बुटवल २७ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुका लागि डेडिकेटेट फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।फार्मेसी सेवाको समुद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्ये सेवासँगै सबैको पहुँचयोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे । सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उल्लेख गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या भएको गुनासो गरे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालका अनुसार दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राहीहरु बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि आउने गर्दछन् । बीमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घण्टौं लाइनमा बस्नुपर्ने समस्या कम हुने उल्लेख गरे । अस्पतालमा सवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरहरुमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्स(रे सुविधा, ल्याब प्रयोगशाला बिस्तार लगायतका योजना रहेको उल्लेख गरे ।
अस्पतालमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा ९तोकिएका १११८ प्रकारका औषधि०, रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स(रे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बीमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।

प्रकाशित : २७ माघ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६