जनकपुरधाम १२ फागुन । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा एमबीएस परीक्षाको जिम्मेवारी हेरफेर गर्ने विषयमा विवाद भएपछि कर्मचारी हरुबीच कुटाकुट भएको छ ।।क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादवबीच कुटाकुट भएको हो । उनीहरु एकअर्कालाई मुक्का हानेपछि अन्य कर्मचारीहरु पनि मिसिएका थिए ।कुटाकुटको क्रममा कर्मचारी सुरेन्द्रको टाउकोमा चोट लागेको छ । अन्यको अवस्था सामान्य रहेको छ । प्रहरी गरेपछि विवाद साम्य गरेको र एकजनालाई बढी चोट लागेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
क्याम्पस प्रमुख कर्णले एमबीएस शाखाका प्रमुख अभिराम रायलाई हटाएर अन्यलाई जिम्मेवारी दिने विषयमा विवाद भएपछि कर्मचारीहरु आपसमा कुटाकुट गरेको बुझिएको छ । सो विषयमा बुझ्न क्याम्पस प्रमुख कर्णसँग सम्पर्क गर्दा हुन सकेन ।टाउकोमा चोट लागेर घाईते भएका सुरेन्द्र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष हुन् ।
संगठनका उपाध्यक्ष यादव सहित का कर्मचारी र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि सांघातिक आक्रमण भएको भन्दै माओवादी मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले सो घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारवाहीको माग गरेका छन् धनुषाका प्रहरी प्रमुख एसपी तिवारीले क्याम्पसमा के विषयमा विवाद भएको भन्ने थाहा नभएको र दुवै पक्षलाई राखेर विवाद समाधानको प्रयासमा लागेको जानकारी दिए ।
१२ फाल्गुन २०८१, सोमबार
प्रतिक्रिया