ब्रेकिंग न्युज

रिडी तम्घास जाने सडक बन्द



लगातारको वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका– ३, बाख्रेभिरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।

रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिए ।

तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६