अर्थ-वाणिज्य

ढुङगे बगरमा शुन कागती



कपिलवस्तु भाद्र ८

कपिलवस्तुको मोतीपुरका जयलाल गिरीले ढुङगे बगरमै शुन कागती फलाउनु भएको छ । ब्यवसायिक रुपमा १५ कठठा ढुङगे बगरमा गिरीले ५५ वटा शुन कागती एक जातको कागतीबाट वार्षिक ३ लाख आम्दानी गरेको बताउनु भयो । गिरीले दैनिक ६० देखि ७० केजी १ सय ३० रुपैयाको दरले होलसेलमा बिक्री गर्ने गरेको बताउनु भयो । गिरीले भारतिय कागतीको बजारलाई विस्तापित गर्ने र नेपाली कागतीलाई बजारमा स्थापित गर्न आफुले निकै सस्तो मूल्यमा कागती बिक्रि गरेको तर्क गर्नु भयो । गिरीले फालिएका ढुङगे बगरमा ब्यवसायिक रुपमा कागती खेती गर्न सके सफल हुने समेत तर्क गर्नु भयो ।


गिरीले गत वर्ष मात्र नयाँ १ सय ५० वटा विरुवा लगाएको र यस वर्ष पनि २ सय वटा विरुवा थप लगाउने तयारी गरेको बताउनु भयो । गिरीले कपिलवस्तु बाख्रा तथा कृषि फर्म नामक फर्मबाट ब्यवसायिक रुपमा २०७० सालबाट काम शुरु गरेको बताउनु भयो । फर्ममा बाख्रा, भैसी, गाई, माछा पालन गरिएको बताउनु भयो ।

करिव १ विगाह १० कठठा क्षेत्रफलमा ब्यवसायिक कागती खेती गरेका गिरीले आफ्नो फर्ममा २ जनालाई नियमति रोजगारी दिएको केहीलाई दैनिक ज्यालादारीमा काम गराउने गरेको बताउनु भयो ।

प्रकाशित : ८ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६