कपिलवस्तु भाद्र ८
राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे यतिखेर स्थानिय विकास निर्माणका काम प्रति निकै चासो राख्दै स्थलगत अनुगमन थाल्नु भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे र खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बुटवलका ईंन्जिनियर रोशन घिमिरेले एकै साथ दुई खानेपानी तथा सरसफाई योजनाको स्थलगत अनुगमन गर्नु भएको हो । शिव पार्वती खानेपानी तथा सरसफाइ उपभोक्ता समिती र मोतीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको डिपिआर तयार भइसकेको हुदा योजनाको कार्यान्वयन समयमै हुनेमा वडा अध्यक्ष बाबुराम अर्यालले विश्वास ब्यक्त गर्नु भयो ।

मोतिपुर खानेपानी तथा सरसफाई आयोजनाको क्षमता २ लाख ५० हजार लिटर रहेको छ । कूल ११ करोड लागतको डिपिआर तयार भएको आयोजनाबाट १ हजार ५ सय घर धुरी लाभान्वित हुने बताइएको छ । त्यस्तै शिव पार्वती खानेपानी तथा सरसफाइ योजनाको डिपिआर अनुसार कार्य सम्पन्न गर्न कूल लागत १५ करोड रहेको छ । ४ लाख ५० हजार लिटर क्षमता रहेको उक्त आयोजनाबाट २ हजार ५ सय घर धुरी लाभान्वित हुने छन् । बाणगंगा न.पा. वडा नं. ८ मा संचालनमा रहेका दुवै आयोजनाको डिपिआर अनुसारका कार्य सम्पन्न हुन करिब २ वर्ष लाग्ने वडा अध्यक्ष बाबुराम अर्यालले बताउनु भयो ।








प्रतिक्रिया