ब्रेकिंग न्युज

प्रदेश सभा सदस्य सरिता पुनको निधन प्रतिमुख्य मन्त्री आचार्यको दुःख ब्यक्त



देउखुरी भाद्र १५

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुःखी बनेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सभा सदस्यको रुपमा पुनले समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति पुगेको भनिएको छ ।


जारी ‘उहाँ सधैँ दुर्गमका जनताको दुःख–पीडा, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा आवाज उठाउदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’श्रद्धाञ्जली वक्तव्यमा उल्लेख छ । पुनको केहीदिन अघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उहाँले छोरीलाई जन्म दिनुभएको थियो भने दोस्रो अपरेशनमार्फत उहाँको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : १५ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६