अर्थ-वाणिज्य

रोजगारी र उत्पादनमा सहकारीको भूमिका उपलब्धीमूलक नगर उपप्रमुख चौधरी



डेक्स, भाद्र १५

बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले रोजगारी श्रृजना र उत्पादन वृद्धिमा सहकारीको भूमिका उपलब्धीमूलक रहेको बताउनु भयो । उपप्रमुख चौधरीले ग्रामिण क्षेत्रमा सहकारीका कारण थुप्रै अवसरहरु श्रृजना भएको चर्चा गर्दै सहकारीलाई जनमुखी काममा थप योगदान गर्नुपर्नेमा जोड दिनु भयो । उपप्रमुख चौधरीले माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक समिक्षा वैठकमा यस्तो धारणा राख्नु भएको हो ।
कार्यक्रममा संस्थाको वित्तिय विवरण ब्यवस्थापक रविलाल भट्टराईले प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष यूवराज पोख्रेलले संस्थाको आगमी नीति तथा कार्यक्रमका बारेमा स्पष्ट पार्नु भएको थियो ।

समिक्षा वैठकमा संस्थाका सल्लाहकार विष्णुप्रसाद बेल्बासे, चतुर्भुज पाण्डेले आफ्नो धारणा राख्नु भएको थियो ।

वार्षिक समिक्षा वैठकमा संस्थाका संचालक, लेखा तथा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति, कर्मचारी गरी ४० जनाको सहभागिता रहेको लालमणी बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : १५ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६