लुम्बिनी, भाद्र १५
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । नगर प्रमुख मुसलमानको ७० बर्षको उमेरमा शनिबार करिब ९ बजे हृदयघातका कारण मृत्यु भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुखको असामयिक निधनको खबरबाट लुम्बिनी नगरबासी शोक मग्न बनेका छन् । नगरप्रमुख मुसलमान स्थानीय विकास र जनसरोकारका मुद्दामा सक्रिय नेतृत्व कर्ता मानिन्थे । उनका योजना गत काम र नगरलाई पर्यटकीय दृष्टिले प्रवद्र्धन गर्ने पहललाई नगरवासीले उच्च मूल्याङ्कन गर्दै आएका थिए । मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया