बागमती

नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जना पक्राउ



काठमाडौँ, १६ भदौः

प्रहरीले नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गोरखा सहिदलखन गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत, विरेन्द्रनगर नगरपालिका–७ घर भई हाल काठमाडौँ धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २१ वर्षीय सविन आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको सामाखुशी टाउनप्लानिङमा अचल लामिछानेले सञ्चालन गरेको ‘इजीसप’मा एसइई, प्रहरी रिपोर्ट, विभिन्न होटल तथा संस्थामा काम गरेको ‘एक्सप्रेन्स लेटर’सहित नक्कली (कीर्ते) कागजात बनाउने गरेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।”

खानतलासी गर्दा पसलमा भएको कम्प्युटरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको कीर्ते कागजात फेला परेकामा उक्त कम्प्युटर बरामद गरी निज तीन जनालाई नियन्त्रणमा लिई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।  (रासस)

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६