ब्रेकिंग न्युज

गुणस्तरीय सेवा र जवाफदेहिता प्रति प्रतिवद्ध डा. गोबिन्द रावत



कोपिला पोख्रेल,कपिलवस्तु, भाद्र १९

गोबिन्द रावतले युनाइटेड अस्पतालको यात्रामा आफ्नो सम्पूर्ण ज्ञान, अनुभव र समर्पण प्रयोग गरी आम नागरिकलाई गुणस्तरीय, प्रभावकारी, जवाफदेही र सहज सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । युनाईटेड अस्पतालले इन्टरनल मेडिसिनमा लामो अनुभव प्राप्त कन्सल्टेन्ट फिजिसियन डा. गोबिन्द रावतलाई एक कार्यक्रमका बीच आयोजित स्वागत कार्यक्रममा यस्तो भनाई राख्नु भएको हो । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्य, फेमिली फिजिसियन तथा जिपी सर्जन डा. पूर्ण घर्ती, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. समिर खान, र नागरिक समाज कपिलवस्तुका पूर्व अध्यक्ष दोलख बहादुर पछाईले संयुक्त रूपमा डा. रावतलाई स्वागत गर्दै उहाँको आगमनले अस्पतालको सेवा गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नु भयो । डा. रावतले इन्टरनल मेडिसिन अन्तर्गत सुगर, मृगौला, दम तथा छाती रोग, पेट आन्द्रा तथा कलेजो, उच्च रक्तचाप, थाइराइड, बाथ रोग लगायतका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्नुहुनेछ। युनाइटेड अस्पतालले विशेषज्ञ सेवाको विस्तार गर्दै आउने दिनमा अन्य विधाका चिकित्सक तथा सेवा सुविधाहरू थप गर्ने योजना समेत सार्वजनिक गरेको छ।

अस्पतालबाट हाल सञ्चालित हाड जोर्नी विशेषज्ञ सेवाको समय पनि विस्तार गर्दै बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उपलब्ध गराउने जनाएको छ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६