भाद्र १९
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीका निम्ति आठ बुदे निर्देशन जारी गरेको छ । नियमन प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता शेषनारायण पौडेलद्धारा ८ बुदे निर्देशन जारी भएको हो । जारी निर्देशनमा सहकारीको साधारण सभामा नियमक निकायको आतिथ्यतालाई पूर्णत रोक लगाएको छ।
जारी निर्देशनले साधारण सभाको उद्घाटन समारोहमा अतिथीको आमन्त्रणलाई रोक लगाउदै साधारण सभाको विषयवस्तु प्रवेशमा जोड दिएको छ ।
साधारण सभाको उद्घाटनमा गरिने अतिथी सत्कार, उपहार, भक्ता, यातायात खर्च, भोज भतेर जस्ता खर्चमा रोक लगाउदै फर्जुल खचै कटाई मित ब्ययी साधारण सभा सम्पन्न गर्न निर्देशित गरेको छ ।


निर्देशनमा सहकारीको निर्वाचन सम्पन्न गर्न निर्वाचन उपसमिति गठन गरी संचालन गर्न निर्देशन दिएको छ । साधारण सभा पायक पर्ने स्थानमा गर्न र साधारण सभाको संक्षिप्त प्रतिवेदन एक महिना भित्र प्राधिकरणमा इमेल मार्फत पठाउन निर्देशित गरेको छ ।








प्रतिक्रिया