जीवनशैली

बडादसैँले राष्ट्रिय एकतालाई सवल बनाउनेः मुख्यमन्त्री कार्की



मोरङ, १६ असोज

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विजया दशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण र सम्बद्र्धनका पक्षमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ । दसैँ पर्वले नयाँ उमङ्ग, उत्साह र राष्ट्रिय एकतालाई अझ सबल बनाइ आपसी सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्न महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित : १६ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६