खेलकुद

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई



रामपुर (पाल्पा), ४ कात्तिक

पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ ।

फाइनल खेलमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब गिरुबारी, नवलपुरलाई १–० गोलअन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि प्राप्त गरेको हो । फाइनल खेलमा ज्योतिपुञ्जले सुमित श्रेष्ठको गोलको मद्दतमा उपाधि जित्न सफल भएको हो । 

विजेता ज्योतिपुञ्जले रु तीन लाख ५० हजार र उपविजेता युनाइटेड युथ क्लबले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए । सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर र देवदह ब्वाइजले रु २५÷२५ हजार पाए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्जका आशिष गुरुङ, उत्कृष्ट गोलकिपर ज्योतिपुञ्जकै सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाइटेडका सुमित मल्लाह,  सर्वाधिक गोलकर्ता देवदह ब्वाइजका आशिष जिसी, उदियमान खेलाडी युनाइटेडका यामप्रसाद बुढा र उत्कृष्ट प्रशिक्षक ज्योतिपुञ्जका केशवराज श्रेष्ठ घोषित भए ।

समापन समारोहमा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रतियोगिताले नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताए । किसानबारीमा रङ्गशाला निर्माण गर्न नगरपालिकाले रु दुई करोड विनियोजन गरेको उहाँले जानकारी दिए । 

प्रकाशित : ५ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६