अर्थ-वाणिज्य

नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै



राँझा (बाँके), १३ कात्तिक ः नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।
नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ । आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो ।
एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उहाँले बताउनुभयो । हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने छ ।

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६