जीवनशैली

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता



तनहुँ, १५ कात्तिक

जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई रु १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो । हालसम्म २९५ जना गर्भवतीका लागि रु १४ लाख ८५ हजार पोषण भत्तामा खर्च भएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरूलाई रकम प्रदान गर्ने गरिएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको हो ।”

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि उक्त रकम प्रदान गर्ने गरिएको महिला विकास निरीक्षक सुर्खालीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि गर्भवती महिलालाई नगद नै हातमा दिइन्थ्यो, तर अहिले चेकको फोटो कपी पेस गर्नुपर्ने प्रावधान रहेको छ ।”

त्यसैगरी चालु आवमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । यस आवमा ‘क’ वर्गको दुई, ‘ख’ वर्गको २९, ‘ग’ वर्गको १८ र ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष १९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो ।

प्रकाशित : १६ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६