कपिलवस्तु, कात्तिक १५
बाणगंगा राईडर्स क्लब कपिलवस्तुले पर्यटन प्रवर्धनमा जोड दिदै बाणगंगा साइकल यात्रा २०८२ संचालन गर्ने जनाएको छ । क्लबले शनिवार पत्रकार सम्मेलन मार्फत साइकल यात्राको बारेमा जानकारी दिएको हो । क्लबले २०८२ कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा २०८२ संचालन गर्ने जनाएको छ । क्लबले साइकल यात्रा मार्फत बाणगंगा नगरपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक स्थलहरुको अवलोकन, प्रचार प्रसार र पर्यटन प्रवर्धन गर्ने उद्देश्यीय राखेको क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिनु भयो । कार्यक्रममा देशभरबाट ४ सय साइकल यात्री जमघट गराई रोजक खेलकुद समेत प्रस्तुति गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक विष्णु प्रसाद घिमिरेले जानकारी दिनु भयो । कार्यक्रमका निम्ति करिव १५ लाख बढी श्रोत खर्च हुने अनुमान गरिएको संयोजक घिमिरेले जानकारी दिनु भयो । स्वास्थ्य जीवन, स्पच्छ पर्यावरण र पर्यटन प्रवर्धन उद्देश्य राखि २०८० सालमा बाणगंगा राइडर्स क्लब कपिलवस्तु स्थापना गरिएको थियो । पत्रकार सम्मेलन संस्थाका अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षता, क्लबका सचिव रामचन्द्र पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा संयोजक विष्णु घिमिरेले उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । पत्रकार सम्मेलन पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको विशिष्ट आतिथ्यता, पत्रकार महासंघ, कपिलवस्तुका पूर्व अध्यक्ष किरणमान बज्राचार्य, महासंघका उपाध्यक्ष खगप्रसाद चापागाईको आतिथ्यतामा सम्पन्न भएको क्लबले जनाएको छ ।








प्रतिक्रिया