ब्रेकिंग न्युज

देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा



भोजपुर, १७ कात्तिक
यहाँका एक युवाहरुको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ । विभिन्न पेसा–व्यवसायमा आवद्ध ती युवाहरुले आफ्नो व्यस्त जीवनकाबीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।
करिब ७० जना युवाको सक्रिय सहभागितामा गठित ‘बिहानी फुटबल क्लब’ले खेलकुदसँगै सामाजिक सेवामा पनि उत्कृष्ट योगदान दिइरहेको छ । उनीहरुले सहिद उद्यान, देउराली पार्कलगायतका स्थानमा दर्जनौँ राष्ट्रिय झण्डा राख्दै, ती झण्डाको नियमित हेरचाह र फेरबदल गर्ने काम निरन्तर गर्दै आएका छन् ।

क्बलका सचिव रिपेश भुजेलका अनुसार युवाहरु स्वस्फूर्त रुपमा रकम सङ्लकन गरेर सामाजिक काम गर्दै आएका छन् । त्योसँगै देउसी भैलो खेलेर सङ्कलित रकमबाट पनि सामाजिक काम गर्दै आएको भुजेलले जानकारी दिनुभयो ।

“हामी करिब ७० जना युवा मिलेर यहाँको सामाजिक काममा जुटेका छौँ” सचिव भुजेलले भन्नुभयो,“यहाँका अधिकांश सामाजिक काममा हाम्रो संलग्नता छ । समाजमा केही उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ ।”

युवाहरुले हरेकवर्ष बजार क्षेत्रको सरसफाइदेखि डेङ्गी नियन्त्रणसम्मका अभियान सञ्चालन गर्दै आएका छन् । बजार क्षेत्रमा विषादी छर्ने, सरसफाइ सचेतना फैलाउने, र सार्वजनिकस्थल सफा राख्ने काममा उनीहरूको अग्रणी भूमिका रहँदै आएको छ ।

सामाजिक उत्तरदायित्वलाई खेलकुदसँग जोड्दै अघि बढेको ‘बिहानी फुटबल क्लब’ अहिले भोजपुरको युवा शक्ति र एकताको प्रतीक बनेको छ । युवाको यो सामूहिक प्रयासले स्थानीय समाजमा सकारात्मक सोच, स्वच्छ वातावरण र एकताको भावना फैलाउँदै गएको स्थानीय जानकारको बुझाइ छ ।

प्रकाशित : १८ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६