खोज–अनुसन्धान

सुशासन प्रवद्र्धनमा सञ्चारकर्मीको जोड



पाटन (ललितपुर), २८ कात्तिक

सुशासन प्रवद्र्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ ।

वाग्मती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक प्रवद्र्धनमा पत्रकार महासङ्घको भूमिका कार्यक्रम’मा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकको प्रयोगमा पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सुशासन कायम गर्न सूचनाको हकको उपयोग हुनु प्रशंसनीय छ भन्दै सही सूचनाले समाजमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।

वाग्मती गाउँपालिका–२ का अध्यक्ष रामबहादुर ब्लोनले जनचाहनाअनुरुप पत्रकार र स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोका र ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले सुशासन प्रवद्र्धनमा सञ्चारकर्मी अहोरात्र खट्नुपर्छ भन्नुभयो ।

प्रकाशित : २९ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६