काठमाडौँ, १२ माघ
नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७७ औँ गणतन्त्र दिवस मनाइएको छ । कार्यक्रममा कार्यवाहक राजदूत डा राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । तत्पश्चात ७७ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो । सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम् नातेदारलाई सम्मान गर्नुका साथै रु सात करोड २० लाख बराबरको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरु हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको भिडियो प्रस्तुत गरिएको थियो । यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत नृत्य र साङ्गीतिक प्रस्तुति दिएका थिए । —








प्रतिक्रिया