ब्रेकिंग न्युज

विजय भए तलब–भत्ता जनसेवामा समर्पण गर्ने कृष्ण बहादुर कुंवरको सार्वजनिक प्रतिबद्धता



कपिलवस्तु, २१ माघ

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुबाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेद्वार बनेका कृष्ण बहादुर कुंवरले निर्वाचनमा विजय हासिल भए आफूले पाउने सम्पूर्ण तलब–भत्ता तथा सेवा सुविधालाई जनसेवामा समर्पण गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उम्मेद्वार कुंवरले आफू व्यक्तिगत लाभको पात्र मात्र हुने र प्राप्त हुने सम्पूर्ण सुविधा क्षेत्रका जेष्ठ नागरिकको सम्मान, असाहाय तथा दिनदुखीको सहयोग, सबै समुदायका धार्मिक स्थलहरूको मर्मत तथा निर्माणमा खर्च गर्ने घोषणा गर्नु भएको हो । साथै आर्थिक अवस्था कमजोर रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि विशेष संयन्त्र निर्माण गरी सम्पूर्ण सुविधा रकम त्यही संयन्त्रमार्फत लगानी गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
उहाँले “विज्ञान कहिल्यै पुरानो हुँदैन, समयअनुसार यसको निरन्तर परिमार्जन र विकास आवश्यक हुन्छ” भन्दै सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नु भयो । साथै “बुबा–आमाको सेवा गर्नु हाम्रो कर्तव्य हो, वृद्ध–वृद्धाप्रति सम्मान प्रकट गरौँ” भन्ने सन्देश दिँदै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
समृद्ध कपिलवस्तु निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उम्मेद्वार कुंवरले परिवर्तन आवश्यक रहेकोमा जोड दिनु भयो ।

प्रकाशित : २२ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६