ब्रेकिंग न्युज

जनताका आवश्यकता नै मेरो पहिलो प्राथमिकता विश्राम प्रसाद चौधरी



कपिलवस्तु, २१ माघ

कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) को तर्फबाट उम्मेद्वार बनेका विश्राम प्रसाद चौधरीले जनताका आवश्यकता र सरोकारलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


उम्मेद्वार चौधरीले निर्वाचन क्षेत्रभित्र रहेका समस्या र सम्भावनाबारे आफू जानकार रहेको उल्लेख गर्दै विकासका कार्यक्रमहरू जनमुखी र जनउत्तरदायी ढंगले अगाडि बढाइने विश्वास व्यक्त गर्नु भयो । उहाँले जनताको प्रत्यक्ष सहभागिता र आवश्यकता अनुसार मात्र दिगो विकास सम्भव हुने धारणा राख्नु भयो ।


नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नम्बर ६ र ७ का वडा स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उम्मेद्वार चौधरीले समुदायको विकासप्रति आफू सधैं जवाफदेही रहने स्पष्ट पार्नु भयो । साथै शुद्धोधन गाउँपालिका स्तरीय कार्यालय उद्घाटन कार्यक्रममा समेत उहाँले जनताकै हित केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता दोहोर्याउनु भयो ।


उम्मेद्वार चौधरीले “जनता नै विकासको मुख्य आधार हुन” भन्दै स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध ढंगले अगाडि बढे मात्र समृद्ध निर्वाचन क्षेत्र निर्माण सम्भव हुने बताउनु भयो ।

कार्यक्रम एमाले नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथी, प्रतिनिधी सभा निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १ का संयोजक डम्मर शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित : २२ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६