अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने



काठमाडौँ, ४ फागुन

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ । गत बिहीबार सम्पन्न निर्वाचनबाट बहुमतप्राप्त बङ्गलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) ले त्यहाँ सरकार बनाउँदैछ । सो पार्टीको अध्यक्ष तारिक रहमान हुनुहुन्छ । मङ्गलबार हुने शपथग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा आज त्यसतर्फ प्रस्थान गर्न लागेको उहाँको सचिवालयले जनाएको छ । उक्त भ्रमणले नेपाल र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी सहयोगका सम्बन्धलाई थप प्रगाढ बनाउने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँसँग मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनुहुनेछ । मन्त्री शर्मा यही फागुन ७ गते स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ । —

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६