ब्रेकिंग न्युज

प्रदेशस्तरीय भलिबल कपको उपाधि इन्टरनेशनल एकेडेमीलाई



दोधारा चाँदनी (कञ्चनपुर),२७ फागुन

लिटिल वुद्ध एकेडमीले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तर विद्यालय भलिबल कपको उपाधि इन्टरनेशनल एकेडेमीले हात पारेको छ । महेन्द्रनगरस्थित कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा आयोजक लिटिल वुद्धलाई ३–१ सेटमा पराजित गर्दै इन्टरनेशनल एकेडेमीले उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता टोलीले ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु ७५ हजार प्राप्त गरेको छ । त्यसैगरी उप–विजेता टोली लिटिल वुद्ध एकेडमीले ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताका तेस्रो भएको सरस्वती माध्यमिक विद्यालयले ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु २५ हजार प्राप्त गरेको छ । विजेता उपविजेता टोलीलाई समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट र जिल्ला भलिबल सङ्घ कञ्चनपुरका अध्यक्ष श्याम सिंह मौनिले पुरस्कार प्रदान गर्नुभयो ।

प्रकाशित : २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६