अन्तर्राष्ट्रिय

पोपद्वारा मध्यपूर्वमा शान्तिका लागि अपिल



भ्याटिकन सिटी, १ चैत (रासस/एएफपी)
पोप लियो चौधौँले मध्यपूर्वमा शान्तिका लागि आफ्नो अपिललाई आइतबार पुनः दोहोर्याउनुभएको छ। उहाँले युद्ध अन्त्य गर्न र वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ । भ्याटिकनमा आफ्नो साप्ताहिक एन्जलस प्रार्थनामा पोपले भन्नुभयो, “प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, दुई हप्तादेखि मध्यपूर्वका जनताले युद्धको क्रूर हिंसाको सामना गरेका छन् । हजारौँ निर्दोष मानिस मारिएका छन् र अरु अनगिन्ती मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।” उहाँले थप्नुभयो, “म युद्धका क्रममा विदालय, अस्पताल र आवासीय क्षेत्रमा भएको आक्रमणमा प्रियजनहरू गुमाएका व्यक्तिहरूलाई समवेदना व्यक्त गर्दछु साथै उनीहरूको सहयोगका लागि निकटमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।” लियोले भन्नुभयो, “लेबनानको अवस्था सबैका लागि विशेष चिन्ताको विषय भएको छ ।” उहाँले इटालियाली भाषामा गरेको सम्बोधनमा भन्नुभयो, “मध्य पूर्वका इसाइ रसबै महिला र पुरुषहरूको तर्फबाट म यस द्वन्द्वका लागि जिम्मेवार व्यक्तिहरूसँग शान्ति र सद्भावका लागि आह्वान गर्दछु । आक्रमण रोक्नुहोस् ! संवादका मार्गहरू पुनः खुला गर्नुहोस् ।” उहाँले भन्नुभयो, “हिंसाले कहिल्यै पनि न्याय, स्थिरता र शान्तिको नेतृत्व गर्न सक्दैन । मानिसहरूले यही कठिन तथ्य पर्खिरहेका छन्।”

प्रकाशित : १ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६