लेख

कपिलवस्तुको ऐतिहासिक संस्कृति कुल पुत्र प्रबज्या कार्यक्रम र यसको महत्व



भगवान गौतम बुद्धले २९ वर्षको उमेरमा कपिलवस्तु राज्यको सुखभोग छाडी दुःख अन्त्य र शान्तिको खोजीमा दरवार छाड्नु भयो । ६ वर्ष लामो साधना पश्चात उहाँले बुद्धत्व प्राप्त गर्नु भयो । बुद्धले बुद्धत्व प्राप्ती गरेको कुरा कपिलवस्तु दरवारसम्म फैलियो । बाबु शुद्धोदनले आफ्नो छोरा बुद्ध भएको खवरले निकै प्रशन्न हुनु भयो । शुद्धोदनले छोरालाई भेट्ने तिब्र चाहना हुनु स्वभाविकै हो । त्यसबेला बुद्ध राजगिरमा हुनुहुन्थ्यो । कपिलवस्तु दरवारवाट दुत सहितको टोली राजगिरमा रहेका आफ्ना छोरा बुद्धलाई लिन पठाउनु भयो । बुद्धको अन्नत करुणा र अन्नत मुदिताका कारण कपिवस्तुवाट गएका टोलिका सबै सदस्य उतै भिक्षु भएर फिर्ता भएनन् भिक्षुसंघमा सामलि भए । यो खबर शुद्धोदनको दरवार कपिलवस्तु पुग्यो । त्यस पछि शुद्धोदनले अर्को टोली राजगिर पठाउनु भयो । ति टोलीका सबै सदस्यहरु पनि उतै भिक्षु भए, कपिलवस्तु फर्केनन् । राजा शुद्धोदनले तेश्रो, चौथो गर्दै क्रमशः दशौं टोली राजगिर पठाए । नवौ टोली सम्म सबै उतै भिक्षु भएर राजगिर बसे । दशौ टोलीलाई आफु र भिक्षुसंघ सहित कपिलवस्तु आउने सन्देश पठाउनु भयो । त्यस पछि भगवान बुद्धले हज्जारौ भिक्षुसंघ सहित राजगिरबाट धर्मयात्राको रुपमा ६० दिन लगाई कपिलवस्तु आई पुग्नु भयो । बुद्ध र भिक्षुहरुलाई निग्रोधराम (हालको कुदान) मा विहार निर्माण गरियो । भिक्षु संघ सहित बुद्धलाई कपिलवस्तुमा आउदा भब्य स्वागत गरियो । हज्जारौ भिक्षु सहितको धर्मयात्रालाई निकै महत्वका साथ बौद्ध साहित्यहरुमा उल्लेख गरिएको पाइन्छ । त्यसैले यस परम्परालाई कायम यस क्षेत्रमा कूलपुत्रहरुको प्रबज्जया कार्यक्रमको निरन्तता दिईएको हो ।
हज्जारौ भिक्षुसंघ सहित कपिलवस्तु आई पुगेपछि गौतमबुद्धले आफ्ना पिता, परिवार र नाता कुटुम्बहरुलाई भेट गर्नु भयो । बुद्ध र बुद्धसंघ मार्फत कपिलवस्तु नगरमा भिक्षाटन गर्नु भयो । कपिलवस्तुका कूलपुत्रहरुलाई भिक्षुसंघमा प्रव्रज्जित गर्दै बुद्धशासनमा समाहित गर्नु भयो । यो क्रम बुद्ध कपिलवस्तु आउदा भई रहने भएकाले कूल पुत्र प्रबज्या कार्यक्रम कपिलवस्तुको ऐतिहासिक संस्कृतिको रुपमा प्रशिद्ध रहेको छ । यसै परम्परालाई कपिलवस्तुमा पुर्न जागरण गर्ने उद्देश्यले नेपाल भिक्षु महासंघ तथा थाईल्याण्ड स्थित धम्मकाय फाउन्डेशनले संयुक्त रुपमा कूलपुत्र प्रवज्जा कार्यक्रम आयोजना गर्दै आई रहेका छन् । यस वर्ष २०८२ फागुन २६ गते देखि चैत्र २१ गते सम्म लुम्बिनीमा ५०० कुल पुत्रहरुलाई भिक्षुसंघमा प्रवज्या गर्ने कार्यक्रम आयोजना गरिएको थियो । जुन कार्यक्रम बौद्ध शासनमा संसार भर महत्वका साथ हर्ने गरिन्छ ।

थेरवादी बौद्ध परम्परा अनुसार उपासक (गृहस्थी)हरुले भिक्षु जीवन प्रवेश गर्नु अघि दश शील ग्रहण गरी श्रावणेर अनिवार्य रुपमा हुनु पर्ने चलन रहेको छ । भिक्षुहरुको पहिलो प्रवेश बिन्दु नै श्रावणेर जीवन होे । यो अल्पकालिन अवधिका लागि केही दिन वा केहि हप्ता वा केहि महिना वा वर्ष पनि हुन सक्छ । उसको चाहनाका आधारमा पुनः उपासक जीवनमा फर्कन पनि सक्छ । यदि उसले भिक्षु जीवनलाई सदाका लागि अगाल्न चाहेमा भिक्षुसंघले उसले पालना गरेको शील र बौद्ध शासनमा उसको लगावका आधारमा स्तरबृद्धि गरी भिक्षुसंघमा समाहित गराउन पनि सक्छन् । भिक्षु भै सके पछि वर्षबाँसको आधारमा उसको श्रेष्ठता कायम गर्ने गरिन्छ । यो परम्परा पहिले कपिलवस्तु, मगध, कोशल लगायतका राज्यहरुमा कायम थियो । तर बौद्ध शासनमा आएको गिरावटका कारण यो संस्कृति प्राय लोपको अवस्थामा थियो । हाल यस परम्परालाई थाईल्याण्ड लगायतका बौद्धधर्मलाई राष्ट्रिय धर्म अगालेका देशहरुले अवलम्बन गर्दै आई रहेका छन् । हाल थाईल्याण्डमा हरेक वर्ष राजा देखि उपासक उपासिका तथा आम नागरिकहरुले अल्पकालिन भिक्षु हुनु पर्ने परम्परालाई कायम राखिएको पाईन्छ । यहि परम्परालाई पुर्नजागरण गर्न थाईल्याण्ड स्थित धम्मकाय फाउण्डेशन, नेपाल भिक्षु महासंघ र अन्य सरोकारवाला निकायहरुको संयुक्त पहलमा नेपालमा ५०० जना कूलपुत्रहरुलाई प्रवज्या कार्यकम आयोजना गरी कार्यक्रमलाई निरन्तरता प्रदान गरिएको हो । 

अल्पकालिन भिक्षु जीवनमा रही शीलहरुको अभ्यास गर्दा व्यक्तिको चित्तमा निहित रहेको लोभ, मोह र द्वेष हटाएर कूशल चित्तमा रुपान्तरण गर्न सहयोग पुग्दछ । जसले गर्दा व्यक्तिमा मैत्री, करुणा, मुदिता र उपेक्षा भाव बढाई मानव जीवनलाई सार्थक बनाउन योगदान पुग्ने विश्वास गरिन्छ । मानिसलाई अकूशल कर्म गर्नवाट जोगाई कूशल कर्म तर्फ अग्रसर बनाउन मद्दत गर्दछ । जसले समाजमा शान्ति र आपसी सद्भाव अभिबृद्धि गर्दछ । अर्को तर्फ बुद्धका ज्ञानहरुलाई व्यवहारमा ल्याउन र निर्वाणको मार्गमा अघि बढ्न यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने भएकाले यस कार्यक्रमको महत्व र उपयोगिता उच्च रहेको मानिन्छ । त्यसैले यस कार्यक्रमलाई निकै महत्वका साथ आयोजना गरिएको हो ।
यस वर्ष नेपालका करिब ४२ जिल्ला, भारत तथा थाईल्याण्डबाट आएका ५०० कूलपुत्रहरुलाई शाक्यमुनि बुद्धको जन्म स्थल लुम्बिनीमा प्रबज्या दिईएको थियो । यस अवधिमा कूलपुत्रहरुलाई भिक्षुहरुले पालन गर्नु पर्ने विनयहरु र दशशील अनुशरण, ध्यान भावना, कूशल अकूशल कर्म, कर्म फल, बुद्धका जीवनी, बुद्धका पूर्वजन्मका कथाहरुमा दिक्षित गरिएको थियो । कार्यक्रममा बौद्ध परम्परा अनुसार कपाल काट्ने विशेष समारोह आयोजना गरिएको थियो । जसमा वरिष्ठ बौद्ध भिक्षुहरु, ठूलो संख्यामा उपासक तथा उपासिकाहरुको सहभागिता रहेको थियो । त्यसै गरी अर्को भब्य समारोह आयोजना गरी श्रावणेरहरुलाई चिवर प्रदान गरियो । चिवर वरिष्ठ भिक्षुहरुद्धारा बौद्ध परम्परा अनुसार प्रदान गरियो । यसका लागि लुम्बिनी स्थित बुद्ध जन्म स्थल मायादेवी मन्दिर परिसरलाई छनौट गरिएको थियो ।
श्रावणेर भिक्षुहरुलाई बुद्ध शासनमा परिपक्क बनाउन र बुद्धशासनलाई समाजमा कायम राख्न धम्मयात्रा आयोजना गर्ने परम्परा रहेको छ । धर्म यात्राले समाजमा धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा शान्ति, आपसी सहिष्णुता, समानता, अनुशासनको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ । भिक्षुहरुलाई बुद्धको प्रतिनिधिको रुपमा लिईने भएकाले भिक्षुहरुलाई समुदायमा भब्य स्वागत तथा सम्मान गर्ने परम्परा रहेको छ । धार्मिक यात्राका लागि धार्मिक हिसावले महत्वपूर्ण स्थलहरु जस्तै भगवान बुद्धले ५०० कुशलपुत्रहरु समेतलाई प्रदान गरेको र उनीहरुले अर्हत फल प्राप्त गरेको धार्मिक हिसावले निकै महत्वपूर्ण मानिने कपिलवस्तु स्थित बाणगंगा नपा ८ मधुवनमा रहेको महासमय स्थल, महासमय गुफा, बुद्धको मावली देवदह र बुटवल, भैरहवा र लुम्बिनीमा धर्मयात्राको कार्यक्रम आयोजना गरिएको थियो । त्यसै गरी मानिसमा रहेको दम्भ र अहंकारलाई न्यून गर्न भिक्षाटनका कार्यक्रम आयोजना गरिएको थियो । कपिलवस्तुको प्राचीन संस्कृतिलाई उजागर गर्दै कपिलवस्तुका प्रमुख बजार केन्द्रहरु र लुम्बिनीमा भिक्षाटन कार्यक्रम आयोजना गरिएको थियो । श्रावणेर भिक्षुहरु र अन्य भिक्षुहरुलाई भिक्षाटनका लागि देश तथा विदेशवाट उपासक तथा उपासिका जम्मा भएका थिए । यस्तो विशेष कार्यकममा भिक्षुसंघलाई दान गर्नु भनेको पुण्य पारमिता बढाउने र मृत्यू पश्चात निर्वाण पद प्राप्त गर्न सक्ने धार्मिक विश्वास गरिने भएकाले उपासक उपाससिकाहरुको सहभागिता रहेको थियो । अर्को तर्फ यस्ता कार्यक्रमहरुले प्रर्यटन प्रवर्धन र प्राचीन बौद्ध संस्कृतिको संरक्षणका लागि निकै महत्वपूर्ण रहेको छ । कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित गराउदै लैजानु यसका आयोजक तथा सरकारको भूमिका बढाउनु पर्ने आवश्यकता देखिन्छ । भवतु सब्ब मङलम्

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६