सम्पादकीय

२०८३ सालको शुभकामना !



२०८३ साल बैशाख १ गते । नयाँ वर्षको पहिलो दिन हो आज । हिजैबाट नयाँ वर्षको शुभकामना भन्ने, लिने दिने र बाँड्नेहरुको लहर चलेको छ आपसमा भेट हुँदा, सञ्चार माध्यम र सञ्जालबाट । आ–आफ्नै शैलीले, बोलीले । मोबाइल क्यामेराबाट श्रब्य–दृश्य शुभकामना सन्देश खिचेर, सञ्जालमा पोष्ट गरेर र गराएर पनि । कस्ले के भने सवै सुन्न सकिन्छ उनीहरुकै बोलीबाट । नभए सञ्चार माध्यममा दिइएका शुभकामना सन्देशबाट पनि । सवैले भन्दा, सुनाउँदा हामीले नभन्ने विषय भएन । भन्छौं, सभक्तिपूर्वक शुभ दिनमा प्रार्थना गर्छौ – सवैका लागि शुभ रहोस् २०८३ साल । नहोस् कसैको बेहाल ।
‘रौद्रनामक संवत्सर र शुभाशुभ ग्रहको विवेचन गर्दा यस वर्षको जागतिक परिस्थिति उत्साहजनक नै देखिन्छ । राजा गुरु र मन्त्री मङ्गलको आपसी मित्रताको सम्बन्धले गर्दा शासकीय कार्यमा सहजताको स्थिति रहनेछ तथा देश केही सुधारात्मक मार्गमा रहेको अनुभूति होला’ हिमाल पञ्चाङ्गमका अनुसार पनि । शुभ दिनमा शुभ सोचौं, शुभकार्यको थालनी गरौं र लागौं । अशुभ विचार, भावना र कामना त्यागौं । ‘मन एव मनुष्याणं कारणं बन्ध मोक्षयोः’ को महत्व बुझौं र सोही अनुसार गरौं ।
हिजो अर्थात् विगतमा जे भयो, त्यसैको फेरो र घेरो समातेर वर्तमान र भविष्य नबिगारौं । जे भयो, सो गयोे, विगत बन्यो त्यो । त्यसबाट पाठ सिकौं र अब भविष्यतिर सोचौं, जे गर्दा शुभ हुन्छ, त्यहि गरौं । हाम्रो आग्रह यत्ति हो । अत्याधुनिक प्रविधि र उपकरणको युग हो यो । जो समयानुसार चल्न र ढल्न सिक्यो र सक्यो, त्यसले बाजी मार्छ । नसक्नेले हार्छ, पछुताउँछ । के गर्ने, कता जाने, के खाने र नखाने त्यो सवै आफैमा हो भर पर्ने । बजारमा हजार हुनु स्वभाविकै हो । तर आफुलाई चाहिएको विषय र परिकार छान्नेचाहिँ आफैले हो । आफुले नछान्ने, नजान्ने, नमान्ने, नगर्ने अनि अर्कोलाई आरोप लगाएर उम्कन हुँदैन । जो जे छ त्यो तिमी हौ, कमजोरी र बहादुरी तिमीभित्रै छ । त्यसैले भनिएको हो ‘तत् त्वम् असि (तत्वमसि)’ । यसैलाई विपश्यना ध्यानका रुपमा लिन्छन् वौद्धमार्गीहरुले । तपाईले पनि लिनुस् है !
‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी’ भनिन्छ र मानिन्छ पनि । तपाई जस्तो भावना लिनु हुन्छ र सोही अनुसार गर्नु हुन्छ, नतिजा पनि उस्तै निस्कन्छ । आजसम्म हामीले जे ग¥यौं, त्यसैको फल भोग्यौं । भोलि पनि जे गर्ने छौं, त्यसैको नतिजा व्यहोर्ने छौं । गर्ने आफैले हो र हो नतिजा व्यहोर्ने पनि, केही अपवादलाई छाडेर । यसर्थ अब पाइला चाल्दा राम्ररी विचार गरियोस्, अर्काका भर नपरियोस् । नयाँ वर्ष साँच्चैको नयाँ बनोस् तपाईको आफ्नै जीवनमा । परिवारमा, कारोबारमा र व्यवहारमा । दुनियालाई बदल्न चाहनेले पहिले आफैलाई बदलेर सुरु गर्ने हो । आफु नबदलिनेले अरु बदलिएको देख्न र बुझ्न पनि पाउँदैनन्, सक्दैनन् । विचार, व्यवहार र दृष्टि दोषले गर्दा ।

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६