अर्थ-वाणिज्य

बाणगंगा खोलालाई व्यवस्थित गरौँ,बस्ती सुरक्षित बनाऔँः सांसद आचार्य



कपिलवस्तु, ३ वैशाख

कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं। १ का सांसद मोहनलाल आचार्यले बाणगंगा खोलाको दीर्घकालीन समस्याप्रति सचेत रहन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ।
खोलाको अनुगमनका क्रममा उत्खनन भएका क्षेत्रहरूको अवलोकन गर्दै सांसद आचार्यले प्राकृतिक स्रोतको उपयोग मुलुकको हितमा गर्नुपर्ने उल्लेख गर्नुभयो। तर, तटबन्धको अभावमा आसपासका बस्ती जोखिममा पर्ने सम्भावना बढेकोतर्फ उहाँले गम्भीर ध्यानाकर्षण गराउनुभयो।
उहाँले अव्यवस्थित रूपमा भइरहेको ढुंगा, गिट्टी र बालुवाको दोहनले बाढीको जोखिम थप बढाएको बताउँदै यसलाई व्यवस्थित, वैज्ञानिक र मानवमैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। बाढीपीडितको सुरक्षालाई केन्द्रमा राख्दै कुनै पनि गतिविधि सञ्चालन हुनुपर्ने उहाँको धारणा थियो।
सांसद आचार्यले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको औंल्याउँदै दीर्घकालीन समाधानका लागि एकीकृत योजना बनाइ कार्यान्वयन गर्न आग्रह गर्नुभयो। साथै, सरोकारवाला ठेकेदार र क्रसर व्यवसायीसँग समेत छलफल गरेर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले मानव जीवनलाई जोखिममा पार्ने कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै प्राकृतिक स्रोतको उपयोग गर्दा वातावरणीय सन्तुलन र बस्ती सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिनुभयो।

प्रकाशित : ३ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६