अन्तर्वार्ता

ज्येष्ठ नागरिकलाई लठ्ठी तथा छाता प्रदान



तुलसीपुर (दाङ), ६ वैशाखः तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ । शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो । त्यसैगरी गर्मी र झरी छल्नका लागि छाता पनि प्रदान गरिएको टोलका अध्यक्ष सचिन पाण्डेले बताउनुभयो । “ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नका लठ्ठी चाहिन्छ, त्यसको सहजताका लागि हामीले सहयोग गरेका हौँ” उहाँले भन्नुभयो । पचहत्तर वर्षभन्दा माथिका १३ नागरिकलाई सहयोग गरिएको छ । देख्दा सानो सहयोग देखिए पनि यसले ज्येष्ठ नागरिकलाई ठूलो राहत दिने भन्दै यस्तो सहयोग गरिएको अध्यक्ष पाण्डेको भनाइ थियो । समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले यस्तो कार्य गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने अध्यक्ष पाण्डेको भनाइ छ । टोलले केही रचनात्मक कार्य गर्नुपर्ने सबैको सल्लाहअनुसार नै यो कार्य गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । यो कार्यले सबै टोलका लागि पनि सिकाइ हुने उहाँको अपेक्षा छ ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६