अर्थ-वाणिज्य

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी



काठमाडौँ, ७ वैशाख

अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । आज एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले त्यसविपरीत काम गर्ने दुई जनालाई जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताउनुभयो । निजहरूले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गरेकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित कार्यालयको जिम्मेवारीबाट हटाइएको पनि विज्ञप्तिमा उल्लेख छ । संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै काम गर्न नपाउने भनी लेखिदिएको भन्दै विरोध भएको थियो । सोही विषयमा छानबिनका लागि यही वैशाख ३ गतेको निर्णयबाट छानबिन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६