अन्तर्राष्ट्रिय

विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा



दोहा, ७ वैशाख (रासस/एएफपी):

मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन सुरु गर्न लागिएको कतारको उड्डयन प्राधिकरणले सोमबार जानकारी गराएको छ । कतार नागरिक उड्डयन प्राधिकरणले हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारमा विदेशी एयरलाइन्सको उडान क्रमिक रुपमा सुरु गर्ने घोषणा गर्दै ‘एयरमेन’लाई सूचना जारी गरेको छ । गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि वासिङ्टन र तेहरानले दुई साताका लागि युद्धविराम घोषणा गरेका थिए । खाडी मुलुकहरू विरुद्ध इरानको प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र अभियानका बीच कतारले आफ्नो हवाई क्षेत्र बन्द गर्यो र मार्च ७ मा केवल राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडानका लागि मार्ग प्रशस्त गदैृसीमित यातायातका लागि आंशिक रूपमा उडान खुला गरेको थियो । कतारी उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सका लागि उडान पुनः खोल्ने निर्णय ‘स्थितिको विस्तृत मूल्याङ्कनपछि गरेको’ र ‘सबैको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएको छ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६