अन्तर्वार्ता

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार



कर्णाली, ६ वैशाख ः कर्णाली प्रदेशअन्र्तगतका जिल्ला हुम्ला र कालीकोटका दुई महिलाको आज हवाई उद्धार गरिएको छ । त्यसमध्ये एक जना सुत्केरी भइसकेपछि र एक जना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका–५ हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई थप उपचारका लागि उद्धार गरिएको हो । घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि शाहीलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको थियो । त्यसैगरी पलाँता गाउँपालिका–९ कालीकोट थिर्पुकी सुत्केरी व्यथा लागेकी २२ वर्षीया अप्सरा शाहीलाई पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गए राति जिल्ला अस्पताल मान्म पुर्याइएकी शाहीलाई थप उपचारका लागि आजै सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भको शिशुको अवस्था जटिल देखिएको र अत्यधिक रक्तस्रावका कारण उहाँलाई सुर्खेत रेफर गरिएको हो । ती दुवै महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६